जिल्ला प्रशासन काठमाडौंको निर्देशन- लाइसेन्स लिएका हतियारको नवीकरण गर्न आउनु

बुधबार, वैशाख २६, २०८१
Honor 600 pro

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लाइसेन्स लिएका हतियारको नवीकरण गर्न निर्देशन दिएको छ। 

जिल्ला प्रशासन काठमाडौंले आज एक सूचना जारी गर्दै लाइसेन्स लिएका हतियारसहित स्वयम् व्यक्ति नै उपस्थित भएर नवीकरण गर्न जानकारी गराएको हो।

कुनै व्यक्ति वा संस्थाले हतियार राख्नका लागि जिल्ला प्रशासन कार्यालयबाट लिएको लाइसेन्स हरेक वर्ष नवीकरण गर्नु कानुनी प्रावधान रहेपनि धेरैले नविकरण नगरेको जिल्ला प्रशासन कार्यालय  काठमाडौंले जनाएको छ।

जारी सूचनामा यदी ५ वर्षसम्म पनि हतियारको नवीकरण नभएको पाइएमा उक्त हतियार नै जफत गर्ने उल्लेख गरिएको छ। 

जारी सूचना-

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्