जंगलमा डढेलो लगाएको आरोपमा ५ जना पक्राउ

आइतबार, वैशाख २३, २०८१
honor mob  winter sales

काठमाडौं । जंगलमा डढेलो लगाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

प्रहरीले पाँचखाल नगरपालिका-५ रातमाटे  सामुदायिक वनमा आगो सल्काएको आरोपमा  मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशङ्कामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए।

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ।

उक्त सामुदायिक वनबाट फैलिएको डढेलो गाउँमा फैलिदा रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा  दुई करोड २६ लाख ३० हजार रूपैयाँ बराबरको क्षति भएको थियो। प्रहरी र गाउँपालिका जंगलमा आगो लगाउनेलाई कारबाही गर्ने सूचना दिदै आएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्