दंगीशरण गाउँपालिकामा २८ योग शिक्षक दिक्षित

शनिबार, वैशाख २२, २०८१
honor २२ sept

प्रमोद आचार्य/दाङ । दाङको दंगीशरण गाउँपालिकामा २८ जना योग शिक्षकलाई दिक्षित गरिएको छ।

पतन्जलि योग समिति दाङको आयोजना, पतन्जलि योग शिवशक्ति साधनाकेन्द्र  बेटारपुरको ब्यबस्थापन तथा पतन्जलि योग समिती नेपालको तत्ववधनमा सहयोग  शिक्षक दीक्षान्त समारोह दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

दिक्षान्त समारोह पतन्जलि योग समितिका दाङका अध्यक्ष उदय बहादुर डाँगीकोअध्यक्षता,पतन्जलि योग समितिका केन्द्रीय  मुख्य प्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्य तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको विशिष्ट आतिथ्यमा सम्पन्न दिक्षान्त समारोहलाई सम्बोधन गर्दै पतन्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी  मिश्रले शरीरको उपचार गरेर थाकेका ब्यक्तिको अन्तिम बिकल्प योग र ध्यान रहेको बताएका थिए ।

निद्रा अल्छीपना र आल्स्यतालाई हटाउन योग अनिवार्य रहेको उल्लेख गर्दै मिश्रले । समाजलाइ स्वस्थ र संस्कारयुक्त बनाउन अब हरेक विद्यालयका शिक्षक तथा हरेक समुदायका अभिभावक तथा नागरिकमा योगको महत्त्व जागरुक हुन आबश्यक रहेको बताए।

गाउँपालिकाको हरेक नागरिकसम्म योग कक्षा पुर्याउनु आजको प्रमुख आवश्यकता रहेको मिश्रको भनाइ थियो ।

दंगीशरण गाउँपालिका अध्यक्ष गिरीले आफू निर्वाचित भएर आइसकेपछी  पहिलो बर्षमा ३ वटा योगहल निर्माण गरेको बताए । यो वर्ष २ वटा हल निर्माणाधिन अवस्थामा रहेको र दंगीशरण गाउँपालिकामा ४ वटा कक्षाहरु संचालनमा रहेको समेत जानकारी गराएका थिए। 

साथै अध्यन गिरीले नैतिक शिक्षा हराउनुले पनि आजभोलिका बालबालिकामा संस्कारको कमि आएको बताए । संस्कारयुक्त र सुशासनयुक्त समाज निर्माणका लागी आफू सदैव लागि परेको अध्यक्ष गिरीको भनाइ थियो ।

त्यस्तै पतन्जलि योग समितिका लुम्बिनी प्रदेश प्रशिक्षण /प्रशिक्षक विभाग प्रमुख दिपक बस्यालले पतन्जलि योग समिति नेपाल समाज सेवा र देश निर्माणको सवालमा बिना स्वार्थ स्वयंसेवकको रुपमा लाग्ने संस्था रहेको बताए।

चरित्रवान , नैतिकवान र संस्कारयुक्त निरोगी नागरिक उत्पादनको बाटोमा आफूहरु हिडिरहेको उनले  बताए ।

पतन्जलि योग समिति दाङका सहप्रभारी बिनोद चौधरीले गरेको  स्वागत मन्तव्य तथा   पतन्जलि योग समिति नेपाल दाङका महासचिव माधव सुबेदीले सहजीकरण गरेको थिए।




 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्