गोदावरी डढेलोमा परेर गम्भीर घाइते भएका दुबै जनाको मृत्यु

बुधबार, वैशाख १९, २०८१
honor mob  winter sales

ललितपुर । ललितपुरको गोदावरीमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का रमेश पहारीको उपचारका क्रममा किर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनको मृत्युुसँगै दुबै जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो  गम्भीर अवस्थामा किर्तिपुर वर्न अस्पतालमा लगिएका शंकर पहारीको उपचारका क्रममा  मृत्यु भएको थियो।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा बडिखेलका शंकर पहारी र रमेश पहारी गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि कृर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो।

त्यस्तै केही दिनदेखि लागेको डढेलो गोदावरी नगरपालिका-६ स्थित आनन्द वनमा फैलिँदा त्यहा रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्तै सारिएको छ। त्यहा रहेका ९३ जना बिरामीलाई अन्तै पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्