नेपालगञ्जलाई डुवानबाट जोगाउने प्रयासमा मेयर प्रशान्त

बुधबार, वैशाख १९, २०८१
honor mob  winter sales

बाँके  । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन कदम चाल्दै यस बर्ष पनि नगर प्रमुख प्रशान्त बिष्टले नाला सफाईको कार्य गर्न निर्देशन दिएका छन्  । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नालाहरु सफाई गर्न थालिएको हो । विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाई गर्ने गरिए पनि गत बर्षदेखि भने बर्खा अगाबै आमरुपमा सबै नाला सफाई गर्न थालिएको छ ।

Honor x7 pad

मुख्य नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाई थालिएको छ । “अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सजिलो हुन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं,” नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रमख वातावरण इन्जिनियर प्रकाश डिसीले भने, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाई गर्छौं ।” जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिने डिसीले बताए।

नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरु सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि गत बर्षदेखि बर्खा अगाबै सफाईको काम सक्ने उद्देश्यका साथ नाला सफाई गर्न सुरु गरिएको बताए । विष्टले नेपालगञ्ज उपमहानगरपालिकाभित्र डेरेनेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए  । “विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, गत बर्षदेखि भने हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई गर्ने गरी काम गरेका छौं, अब झरीको बेला डुबानको समस्या नहुने विश्वास लिएका छौं," उनले भने ।

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफा गरिने वातावरण तथा सरसफाई शाखाका सुपरभाइजर दिपेश श्रेष्ठले बताए । श्रेष्ठले मनसुन सुरु हुनु अगावै काम सक्ने गरी काम अगाडि बढेको जानकारी दिए । 

जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटो लगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् । गत बर्ष पनि बर्खा अगाबै नाला सफाई गरिएपछि डुबानको समस्या देखिएको थिएन । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्