Dashain Banner
Dashain Banner

सेवाग्राहीसँग १५ हजार लिने वडाध्यक्षविरुद्द भ्रष्टाचार मुद्दा दायर

सोमबार, वैशाख १७, २०८१

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. २ का वडाध्यक्ष उजेर अलीविरुद्द भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिविरुद्द घरबाटो सिफारिस दिन सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

वडाध्यक्ष अलीसँग १५ हजार रुपैयाँ बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ। विशेष अदालतमा मुद्दा दायर पश्चात् उनी स्वत: निलम्बनमा परेका छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्