नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो सेवाग्राहीलाई सम्मान

आइतबार, वैशाख १६, २०८१
honor mob  winter sales

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा सेवाग्राही सम्मान तथा कार्यालय परिसर सरसफाई कार्यक्रम गरिएको छ ।

Honor x7 pad

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको २७औं स्थापना दिवसका अवसरमा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति नेपालगञ्ज उपमहानगरपालिकाद्वारा आयोजित सेवाग्राही सम्मान तथा कार्यालय परिसर सरसफाई कार्यक्रममा पहिलो सेवाग्राहीलाई सम्मान तथा कार्यालय प्रांगण सरसफाई गरिएको सचिव लक्ष्मी शर्मा गौडेलले बताइन् ।

यस्तै उपप्रमुखको सचिवालयमा कार्यरत कार्यालय सहयोगी रुबिना साईको विरामी बच्चाको उपचारका लागि २३ हजार ८ सय रुपैयाँ सहयोग गरिएको गौडेलले जानकारी दिइन् ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुुर खड्का, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, सूचना अधिकारी खिमानन्द अर्याल, लेखा अधिकृत राजनकुमार केसी लगायत कर्मचारी उपस्थित थिए ।   

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्