दंगीशरणमा महिलाका लागि दुई दिने क्षमता विकास तालिम

आइतबार, वैशाख १६, २०८१
honor mob  winter sales

दंगीशरण (दाङ )। दाङको दंगीशरण गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ का महिलाहरुका लागि क्षमता विकास सम्बन्धि  दुई दिने तालिम सुरु भएको छ।

Honor x7 pad

शनिबारदेखि दंगीशरण गाउँपालिकाको हेकुलीमा सुरु भएको क्षमता विकास तालिम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता तथा वड नम्बर ३ का वडा अध्यक्ष शुकलाल चौधरीको बिशिस्ट आथित्यतामा तालिमको उद्घाटन गरीएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले असक्तहरुलाइ सशक्त बनाउने उदेश्यका साथ गाउँपालिकाले  बिभिन्न  कार्यक्रमको आयोजना गरेको बताए  । बिगतका बर्षहरुको तुलनामा अहिलेको अवस्थामा महिला शसक्तिकरणमा वृद्धि भएको अध्यक्ष गिरीले भने ।महिलाहरुमा हरेक कुरा लगनशीलता ,इमानदारीता हुने भएकाले महिलाहरुको राज्यको हरेक मुल प्रवाहमा ल्याउन सशक्तिकरणको माध्यमवाट अगाडि बढाउन बिभिन्न कार्यक्रमहरु ल्यायको अध्यक्ष गिरीले बताए । पछिल्लो  समयमा अगाडिका परम्परागत सस्कारहरु लोप हुँदै  गएकोप्रति अध्यक्ष गिरीले चिन्ता व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष  खड्काले महिलाहरूको हकहितका लागी सदैव आफ्नो आवाज बुलन्द गर्न महिला दिदीबहिनीहरुलाइ आग्रह गरिन ।महिला आन्दोलन र सशक्तीकरणका कारण केहि हदसम्म पनि अधिकार पारको र त्यसैको प्रतिफल स्वरुप महिलाहरु हरेक ठाउँमा ठाउँमा रहेको बताइन्  ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्