दशनामी समाज नेपालगञ्जको अध्यक्षमा होमराज गिरी

शनिबार, वैशाख १५, २०८१
honor mob  winter sales

नेपालगञ्ज । नेपाल दशनामी समाज नेपालगञ्ज कार्यसमिति गठन गरिएको छ । होमराज गिरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

Honor x7 pad

जिल्ला अध्यक्ष गोपालप्रसाद गिरीको अध्यक्षता एवम् निवर्तमान केन्द्रिय सचिव नारद पुरीको प्रमुख आतिथ्यतामा आज फुल्टेक्रास्थित हडियाबाबा मन्दिर परिसरमा सम्पन्न नेपालगञ्ज नगर भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको लुम्बिनी प्रदेश सचिव होमनाथ गिरीले बताए । 

नगर कार्यसमितिको उपाध्यक्षमा सुवर्ण गिरी, सचिव सिता गिरी, सहसचिव सूर्यप्रकाश गिरी र कोषाध्यक्षमा सन्तोष भारती चयन भएका छन् । यस्तै सदस्यहरुमा तुलाराम गिरी, त्रिलोकी गिरी, गणेश गिरी, उत्तम भारती, राकेश भारती, रञ्जु गिरी, दिलिप गिरी, हरिबहादुर गोसाइँ, विकास भारती, मंगल गिरी, कुमार वन गोसाइँ, रुपेश गोसाइँ, खडकबहादुर गोसाइँ, लक्ष्मी गिरी, देवा गिरी र चेतलाल गिरी सर्वसम्मत चयन गरिएका छन् । नयाँ कार्यसमितिलाई प्रमुख अतिथि पुरीले सपथ गराएका थिए । 

उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले दशनामीहरुलाई संगठित गर्दै जानुपर्नेमा जोड दिँदै दशनामी समाजलाई गतिशील बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए। दशनामीका बारेमा नयाँ पुस्तालाई समेत जानकारी हुन आवश्यक रहेको भन्दै बक्ताहरुले सबैले आफ्नो इतिहास बुझ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रमुख अतिथि पुरी, केन्द्रिय सदस्य केवल गिरी, प्रदेश सदस्य पूर्णदेव गिरी, संस्थापक सदस्य केशव गिरी, जिल्ला सदस्ययहरु रिमलाल गिरी, शारदा गिरी र पत्रकार नवीन गिरीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन प्रदेश सचिव होमनाथ गिरीले गरेका थिए । 

जिल्ला अध्यक्ष गोपाल गिरीका अनुसार जिल्लाका सबै पालिकामा पालिकास्तरीय कार्यसमिति गठन गर्ने क्रममा नेपालगञ्ज कार्यसमिति पनि चयन गरिएको हो।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्