रुपन्देहीमा डढेलो निभाउन गएको दमकलमा नै आगलागी

बुधबार, वैशाख १२, २०८१
Honor 600 pro

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ८ स्थित गणेशनगरको जङ्गलमा लागेको डढेलो निभाउन गएको दमकल नै डढेलोमा परेको छ।

आज दिउँसो आगो निभाउन गएको लु१ग नम्बरको दमकल डढेलोको आगलागीमा परेर जलेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट दमकलका इन्जिनसहितको अगाडिको पुरै भाग जलेको प्रहरीले जनाएको छ। आगलागीमा दमकल जले पनि मानवीय क्षति नभएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

केही दिनअघि मात्र काठमाडौंस्थित चोभारको जङ्गलमा लागेको डढेलो निभाउने क्रम दमकलमा आगलागी हुँदा ६ जना कर्मचारी घाइते भएका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्