बाँकेको राप्तीसोनारीमा नदि कटान रोक्न श्रमदान

बिहीबार, साउन ४, २०८०
honor mob  winter sales

राप्तीसोनारी( बाँके ) । बाँकेको राप्तीसोनारीमा नदि कटानलाई बचाउन श्रमदान गरिएको छ।गाउँपालिकाको वडा नं.३ मा रहेको वैशा पिक्निक पार्क लगायत सिक्टा बाँध समेत नदि कटानको उच्च जोखिममा रहेको भन्दै स्थानीयवासीन्दाहरु आज श्रमदान गरेका छन् ।

Honor x7 pad

श्रावण महिना सुरु हुँदासम्म नदि कटानको उच्च जोखिममा रहेको सिक्टा बाँधसँगै जोडिएको पिक्निक पार्क क्षेत्र सुरक्षित गर्नका लागि कतैबाट पहल नभएपछि आफै श्रमदान गरेर अस्थायी तटबन्ध गर्न लागेको स्थानीयले बताएका छन् ।

यस बर्ष हाल सम्म ठूलो बाढी न आएपनि भदौ-असोज सम्म आएको बाढीले क्षति पुरयाउन सक्ने भन्दै तत्कालका लागि सिक्टा सिंचाईले उपलब्ध गराएको ५० वटा पुरानो जाली र केही प्लास्टिका बोरामा रोडा, बालुवा भरेर तटबन्ध गरिरहेको बैशा पिक्निक पार्क ब्यवस्थापन समितीका अध्यक्ष विनोद कुमार थारुले बताए। 

उनका अनुसार वैशा पिक्नव पार्क ब्यवस्थापन समितीको अगुवाईमा वडा नं. ३ का वडाध्यक्ष मीन कुमार थारु  , नेकपा एमालेका नेता तिर्थ राज डाँगी, वडा सदस्यहरु, वडा नं. ३ का सबै टोल विकास संस्थाका पदाधिकारी, सामुदायिक वनका पदाधिकारी, युवा सञ्जाल, अगैंयाका समाजसेवी यूवाहरु,  बरघरलगायत करिव ५ सय जनाको सहभागितामा जन श्रमदान भएको अगैयाबाट समाजसेवी बसन्त वलीले जानकारी दिएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्