हिमपहिरोले गोरखाको वीरेन्द्र ताल फुट्यो, बाढीले पुल बगायो

आइतबार, वैशाख ९, २०८१
Honor 600 pro

गोरखा । गोरखाको उत्तरी  चुमनुर्ब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा  रहेको वीरेन्द्र ताल फुटेको छ। तालमा हिमपहिरो खसेको हो। ताल  हिमपहिरो आएर तालको पानी बगेर बाहिर अएको छ।

पानी बाहिर निस्किएर बाढीले एउटा पुल बगाएको प्रहरीले जानकारी दिएको छ। बाढीले पुल बगाएपछि साम्दु र सामागाउँ जाने बाटो नै बन्द भएको  चुमनुर्ब्री गाउँपालिकाले जनाएको छ।

प्रहरीका अनुसार बाढीले क्षेति पुर्याउन सक्ने भन्दै आरुघाट , धार्छे लगायतका स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।  हिमपहिरोका कारण बुढी गण्डकीमा ठुलो बाढी आएको प्रहरीले जनाएको छ।

त्यस क्षेत्रमा ठुलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्