डुङ्गा डुब्दा ५८ जनाको मृत्यु, कयौं हराइरहेको आशंका

आइतबार, वैशाख ९, २०८१
Honor 600 pro

काठमाडौं । अफ्रिकामा डुङ्गा नदीमा डुब्दा ५८ जनाको मृत्यु भएको छ। शुक्रवार मध्य अफ्रिकी गणतन्त्रको राजधानी बानगुईमा अन्त्येष्टिकाका लागि गएको डुङ्गा डुब्दा ५० जना नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

त्यहाको प्रहरीका अनुसार डुङ्गामा रहेका अन्य व्यक्तिहरुको पनि मृत्यु भएको अनुमान गरिएको छ भने डुङ्गामा ३ सय बढी व्यक्ति सवार रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार डुङ्गा डुबेर ५८ जना शवलाई पानीबाट बाहिर निलाकिएको छ भने अझै नदीमा कति बेपता भएका छन् भन्ने बारेमा खोजतलास भइरहेको बताइएको छ।

क्षमताभन्दा बढी सवारी रहेका कारण डुङ्गा नदीमा डुबेको प्रहरीले अनुमान लगाएको छ। डुङ्गा डुबेको ३० मिनेटमै उद्दार टोली खटिए पनि ५८ जनाको मृत्यु भएको हो।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्