डढेलो निभाउन गएको दमकल नै दुर्घटनामा, ६ कर्मचारी घाइते

शनिबार, वैशाख ८, २०८१
Honor 600 pro

काठमाडौं । चोभारको जंगलमा लागेको डढेलो निभाउन गएको दमकल नै दुर्घटनामा परेको छ।

आज दिउँसो चोभारको चापडाँडामा लागेको डढेलो निभाउन गएको जुद्द वारुण यन्त्रको दमकल डढेलो लागेको स्थानमै दुर्घटना भएको हो।

आज दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको दमकलमा सवार ६ जना कर्मचारी घाइते भएको प्रहरीले जनाएको छ। दमकलमा रहेका एक कर्मचारी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्