बाँकेमा किसानको २५ क्विन्टल गहुँ जल्यो, एक जना पक्राउ

बुधबार, वैशाख ५, २०८१
honor mob  winter sales

जानकी (बाँके)। बाँकेको जानकी गाउँपालिका कुन्यो बनाएर राखिएको गहुँमा आगलागी हुँदा २५ क्विन्टल गहुँ जलेर खरानी भएको छ। जानकी गाउँपालिकाका किसानहरुले आफ्नै खेतमा कुन्यो बनाएर राखेको करिब २५ क्विन्टल गहुँमा आगलागी भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।

Honor x7 pad

आगलागीबाट अन्दाजी ८७ हजार ५ सय रुपैयाँ बराबरको गहुँ बाली नष्ट भएको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० गोसाई गाउँ बस्ने २४ बर्षीय राम कुमार भुजुवाले आफ्नै खेतबारी सफा गर्ने क्रममा आगो लागाउँदा जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँका ११ जना किसानको कुन्योमा आगो सल्किएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर पाउनासाथ प्रहरी चौकी बेलभारबाट प्रहरी सहायक निरीक्षक रेशम बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली आगलागीस्थलमा खटिएको थियो । प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको, थियो । 

आगलागीबाट मानवीय र चौपाया क्षती नभएको प्रहरीले जनाएको छ । खेतमा आगो लगाउने भुजुवालाई नियन्त्रणमा लिइएको छ । घटना मंगलबार अपरान्ह साढे तीन बजेतिरको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्