Dashain Banner
Dashain Banner

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

बुधबार, वैशाख ५, २०८१

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराललाई पक्राउ गरेको छ।

अख्तियारले इन्जिनियर बराललाई सेवाग्राहीको घरको नक्सा पास गर्ने विषयमा घुस लिएको अनुसन्धानका क्रममा खुलेपछि पक्राउ गरिएको जानकारी दिएको छ। 

पोखरा महानगर-१० का एक सेवाग्राहीको घरको नक्साको पासको बारेमा गत चैत २८ गते घुस लिएको आरोपमा पक्राउ परेका अर्का इन्जिनियर उषाकिरण रोकाया र गोदार कन्सल्टेन्सीका सुरज कुँवरले दिएको बयानका आधारमा इन्जिनियर बराललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

घुस लिएको संलग्नत पुष्टि भएपछि  पक्राउ गरेका इन्जिनियर बराललाई केन्द्रीय कार्यालय टंगाल लगिएको बताइएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्