राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा बैजापुरका टिकारामको मृत्यु

शुक्रबार, चैत ३०, २०८०
honor mob  winter sales

बाँके । बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

गाउँपालिकाको वडा नम्बर ४ स्थित राजपुरमा  मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बैजापुरका २६ वर्षीय टिकाराम थारुको उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष मीन राज खड्का (सन्तोष) ले बताए।

गए राति साढे १० बजे कुम्मरदेखि बैजापुरतर्फ जाँदै गरेको ८९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका थारु आज बिहान उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको वडाध्यक्ष खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्