डोल्पाको सामुदायिक वनमा लागेको डढेलोबाट एक बालकको मृत्यु

शुक्रबार, चैत ३०, २०८०
honor mob  winter sales

डोल्पा । डोल्पाको सामुदायिक वनमा लागेको डढेलो (आगलागी) बाट घाइते भएका तीन बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

Honor x7 pad

गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बालबालिका  अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताए ।  

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए।

गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो । रासस।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्