Dashain Banner
Dashain Banner

बागमती नगरपालिकाका मेयरकिरुद्द भ्रष्टाचार मुद्दा

बुधबार, चैत २८, २०८०

काठमाडौं । बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सर्लाहीको बागमती नगरपालिकाका मेयर थापाले अवैध रुपले करोडौं रुपैयाँ कमाएको भन्दै अख्तियारले विशेष अदालतमा उनीविरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

मेयर थापाले २०७४ देखि २०७९ को माघसम्म पौने ८ करोड रुपैयाँ वैध तरिकाले कमाएको र यही अवधिमा सवा १३ करोड रुपैयाँ बढी लगानी तथा खर्च गरेको अख्तियारले जानकारी दिएको छ।

लगानी र खर्च गरेको रकम फरक पर्दै ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले कमाएको अख्तियारको अनुसन्धानमा निस्किएपछि उनीविरुद्द भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यातो छ अख्तियारले दायर गरेको मुद्दा-

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्