भारतको नैनीतालमा गाडी दुर्घटना हुँदा ७ नेपाली र एक भारतीय चालकको मृत्यु

मंगलबार, चैत २७, २०८०
Honor 600 pro

काठमाडौं । भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।

उत्तराखण्डको नैनीतालस्थित बेतालघाटको उचाँकोटमा गएराति भएको गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु हुनुका साथै एक भारतीय चालकको पनि मृत्यु भएको उत्तराखण्ड प्रहरीले जनाएको छ। गाडी सडकदेखि १५० मिटर तल खसेको प्रहरीले बताएको छ।

उत्तराखण्डमा मजदुरीको काम  सकेर नेपाल फर्किदै गर्दा भएको गाडी दुर्घटना मृत्यु भएका सबै नेपाली नागरिक कन्चनपुर जिल्लाको महेन्द्रनगरका रहेको भारतीय प्रहरीले जानकारी दिएको छ। 

उत्तराखण्ड प्रहरीका अनुसार मृतक सबै एक परियोजनामा काम गर्ने नेपाली मजदुरहरु भएको पाइएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्