सुनसरीमा आज पनि कर्फ्यू जारी

शनिबार, चैत २४, २०८०
honor mob  winter sales

सुनसरी । सुनसरीमा आज पनि कर्फ्यू यथावत नै रहेको छ।जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार देखि  ५ वटा स्थानीय तहमा लगाएको कर्फ्यू आज पनि जारी रहेको छ।

Honor x7 pad

जिल्लाको हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीवार एसईईको परीक्षा भइरहदा एक युवकमाथि निर्घात कुटपिटको घटनाले भयावह रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।

भुटाहामा दुई समूहको झडपले तनावग्रस्त बनेपछि  माहोल शान्त पार्न प्रहरीले दर्जनौं राउण्ड हवाइ फायर गरेर पनि माहोल शान्त नभएपछि जिल्ला प्रशासन कार्यालयले हरिनगर गाउँपलिका, देवानगन्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा शुक्रबारदेखि  अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो। प्रहरीका अनुसार झडपमा ४ जना घाइते भएका छन् । दुई जनालाई गोली लागेको  छ।

त्यहाको सुरक्षा व्यवस्था कडा पारिएपछि जिल्ला त्यहाको माहोल शान्त बन्दै गएको हो। अहिले सर्वदलीय बैठक बस्ने भनेको छ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्