दुई समूहको झडपले तनावग्रस्त बन्दा सुनसरीका ५ पालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

शुक्रबार, चैत २३, २०८०
honor mob  winter sales

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले ५ वटा स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। 
जिल्लाको हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीवार एसईईको परीक्षा भइरहदा एक युवकमाथि निर्घात कुटपिटको घटनाले भयावह रुप लिएपछि प्रहरीले अवस्था शान्त पार्न दर्जनौं राउण्ड हवाइ फायरका साथै  अश्रुग्यास पनि प्रहार गरेको हो।  

Honor x7 pad

भुटाहामा दुई समूहको झडपले तनावग्रस्त बनेपछि  माहोल शान्त पार्न प्रहरीले हवाइ फायर गरेर पनि माहोल शान्त नभएपछि जिल्ला प्रशासन कार्यालयले हरिनगर गाउँपलिका, देवानगन्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिका अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो।

उक्त घटना पश्चात् स्थानीय प्रशासनले १२ बजेदेखि हरिनगर गाउँपालिकाका सबै वडा  र देवानगन्ज गाउँपालिकाका १ र ७ नम्बर वडामा आज १२ बजे नै अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको  थियो।  प्रहरीका अनुसार झडपमा ४ जना घाइते भएका छन् । दुई जनालाई गोली लागेको बताइएको छ।

सुरक्षाफौजले पुर्व पश्चिम राजमार्गमा पनि सुरक्षा बढाउदै राजमार्गमा आवतजावत गर्ने सवारीसाधनलाई जाँच गरेर चल्न दिएको छ। त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय सुनसरी जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्