कुर्सीमै बसेको अवस्थामा मृत भेटिए कृषि प्रमुख

मंगलबार, साउन २, २०८०
honor mob  winter sales

बाजुरा।  कुर्सीमै बसेको अवस्थामा  बाजुराको बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन्।

Honor x7 pad

४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ। 

उनी क्वाटर अगाडि कुर्सीमा बसिरहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी चौकी कोल्टीले जनाएको छ ।

बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन् ।

लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्