कमैया मुक्त भएपनि अझै सुधार नहुनु दु:खद कुरा हो: मुख्यमन्त्री चौधरी

मंगलबार, साउन २, २०८०
honor mob  winter sales

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २३ औं कमैया मुक्ति दिवसका अवसरमा शुभकामना दिदै  कमैया मुक्त भए पनि अझै सुधार नहुनु दु:खद भएको बताएका छन् ।

Honor x7 pad

२३ औं मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।

मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ।

विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो ।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्