Dashain Banner
Dashain Banner

करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु

आइतबार, चैत ११, २०८०

तुलसीपुर (दाङ )। दाङको देउखुरीमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

राप्तीगाउँपालिका-३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र३ वर्षीय नाति कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

दाङ प्रहरीका अनुसार करेन्ट लागेर गोरखका श्रीमती र नातिको शनिबार नै घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा रहेका गोरखलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएपनी चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

शनिबार दिउँसोको समयमा घर अगाडिको विद्युतको हाइटेन्सन लाइन एकाएक चुडिएर आँगनमा खस्दा गोरख,  श्रीमती र नातिको शरिरमा परेपछि उनीहरुलाई करेन्ट लागेको हो ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्