मस्को आतंककारी हमलाको नेपाल सरकारद्वारा निन्दा

शनिबार, चैत १०, २०८०
Honor 600 pro

काठमाडौँ । शुकवार राति रुसको मस्कोस्थित एक कन्सर्टमा भएको आतंककारी हमलाको नेपाल सरकारले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ ।’

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानूनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सो हमलामा अहिलेसम्म कम्तिमा सय जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्