आतंककारी समूह 'आईएसआई'को हमलामा कन्सर्ट हेर्न पुगेका ६० जना दर्शकको मृत्यु

शनिबार, चैत १०, २०८०
Honor 600 pro

काठमाडौं । आतंककारी समूहले ६० जनाको मृत्यु हुने गरि बम विस्फोट गर्दै गोलाबारी गरेको छ।

रुसको एक हलमा कन्सर्ट भइरहेको समयमा आतंककारी समूहले गोलाबारी गर्दै विस्फोट गराउदा कम्तीमा ६० जनाको मृत्यु हुनुका साथै १४५ बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार गएराति राजधानी मस्कोमा भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न पुगेका दर्शकहरुलाई लक्षित गर्दै आतंककारी समूहले विस्फोट गर्दै स्वचालित हतियारबाट गोलाबारी गरेको हो। 

अन्तर्राष्ट्रिय मानव अधिकारबादी संगठनहरुले यो घटनाको निन्दा गरेका छन् ।

उक्त हमला पश्चात् आईएसआईले उक्त घटनाको जिम्मेवारी लिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्