बेल्जियमबासी नेपालीले गरे आविष्कार केन्द्रलाई नगद हस्तान्तरण

बिहीबार, चैत ८, २०८०
honor mob  winter sales

काठमाडौं । नेपालको पुरानो मध्यको एक वीरगन्ज कृषि औजार कारखाना सन्चालनका लागि बेल्जियमबासीहरुले संकलन गरेको रकम नेपाल आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । 

Honor x7 pad

बेल्जियमको लुभेन शहरमा बस्ने युवा व्यवसायी, समाजसेवी तथा गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष लोकेन्द्र (पुष्प) नेपालले केन्द्रका संस्थापक अध्यक्ष एवम् बैज्ञानिक डाक्टर महावीर पुनले उक्त कारखाना सन्चालनका लागि देशभरी नै आफुले लेखेको पुस्तक बेचेर कारखाना सन्चालनमा ल्याउने अभियान चलाएपछि आफ्नो फेसबुक मार्फत “एक व्यक्ति पाँच युरो” अभियान सन्चालन गरेका थिए । 

आह्वान  पश्चात बेल्जियममा बसोबास गर्ने प्रवासी नेपालीहरुले कम्तीमा पाँच र अधिकमा २०० युरोसम्म सहयोग रकम जम्मा गरेका थिए । यसरी संकलित एक हजार पाँच सय युरो बराबरको २ लाख १५ हजार ६८५ रुपिया केन्द्रलाई हस्तान्तरण गरिएको हो । 

हस्तान्तरण रकम ग्रहण गर्दै केन्द्रका महाप्रवन्धक सन्जय झाले बेल्जियमबासीहरुले नेपालको सबैभन्दा पुरानो र ठुलो एक मात्र कृषि औजार कारखाना सन्चालनका लागि बेल्जियमबासीहरुले प्रदान गर्नु भएको सहयोग आफुहरुको लागि अत्यन्त महत्वपूर्ण भएको र यो सहयोगले कारखाना सन्चालनका लागि ठुलो मदत पुर्याउने बताउँदै, आगामी दिनहरुमा पनि यस्ता सहयोगले आफुहरुलाई काम गर्न अझ बढि उत्साहित गर्ने बताएका हुन् । 

महाप्रबन्धक झाले बेल्जियमबासीहरुको आर्थिक सहयोगले पारस्पारिक सहयोग र सम्बन्धलाई अझ बलियो बनाएको र भबिष्यमा पनि यस्ता सहयोग प्राप्त हुने आफु विश्वस्त रहेको बताएका थिए । 

सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार सनत आचार्यले बन्द रहेको कारखाना सन्चालन गर्ने दायित्व सरकारको भएता पनि आविस्कार केन्द्रलाई सहयोग गर्नु र सन्चालनमा ल्याउनु सबैको लागि खुशीको बिषय भएको बताए । 

त्यस्तै अभियन्ता नेपालले आफुले गरेको याचनामा अझै सहयोग रकम आउदै गरेको बताउँदै कारखाना सन्चालनका  लागि आर्थिक रकम जोहो गर्ने अभियानमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गरे।  

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्