कोदालो प्रहारबाट दुई सरकारी कर्मचारीसहित तीन जना घाइते

बिहीबार, चैत ८, २०८०
honor mob  winter sales

बैतडी । बैतडीमा कोदालो प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् ।

Honor x7 pad

जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार किसनले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए ।

त्यस लगत्तै उनकै घरमा डेरा गरी बस्दैआएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए । घाइते तीनै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

किसनले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।रासस।

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्