कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, बैठकमा पेश गरिने १० एजेन्डा तय

मंगलबार, साउन २, २०८०
honor mob  winter sales

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ।  आज बस्ने बैठकका लागि सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ।

Honor x7 pad

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा  बोलाइएको बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । 

यस्ता छन् एजेन्डा -

कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।

पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।

नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।

विभाग गठनसम्बन्धी प्रस्ताव ।

एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।

अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव

प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।

सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने।

तर सभापति देउवाले नक्कली भुटानी शरणार्थाी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडका विषयमा छलफल गर्न तयार नभएको पाइएकाले यस विषयमा पनि छलफल गरिने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्