चन्द्रागिरीद्वारा अख्तियारको निर्देशन अवज्ञा

बुधबार, चैत ७, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अबज्ञा गरेको छ ।  सरकारी बाटो संरक्षण गर्न अख्तियारले दिएको निर्देशन उसले मानेको छैन ।

Honor x7 pad

नगरपालिकाको वडा नम्बर १५ साविक तीनथाना गाविस वडा नम्बर ८ को कित्ता नम्बर  १५०७ को सरकारी बाटोलाई अतिक्रमण गरी १५३४ नम्बर कित्तामा घर बनाएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले सरकारी बाटोको संरक्षणका लागि नगरपालिकामा निर्देशन दिए पनि नगरपालिकाले डेढ वर्षसम्म पनि निर्देशन पालना नगरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउन २४ गते नै नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई सरकारी बाटो संरक्षणका लागि निर्देशन दिएको थियो । उक्त सरकारी बाटो अतिक्रमण गर्नका लागि भूमाफिया र सरकारी कर्मचारी नै संलग्न भनी उजुरी परेको थियो । त्यसपछि अख्तियारले छानबिन गर्दा नक्सा अनुसार बाटोको चौडाई नपुगेको यकिन भएपछि अख्तियारले बाटो संरक्षणका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको थियो ।

अख्तियारको निर्देशन आएको लामो समयपछि पनि निर्णय कार्यान्वयन नभएपछि सम्बन्धित स्थानीयबासीहरु पटकपटक नगरपालिकाकामा दबाब दिन गएपनि हालसम्म सरकारी बाटो कायम हुन सकेको छैन ।

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्