बागेश्वरी मन्दिर तलाउमा ढल मिसाएको नपाइएको गुठी समितिको भनाई

सोमबार, चैत ५, २०८०
Honor 600 pro

नेपालगञ्ज । श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरको तलाउमा ढल प्रबेश गरेको अवस्था नभएको बताएको छ । गुठी सचिव गोेपालप्रसाद अधिकारीले आज प्रेस विज्ञप्ती जारी गर्दै कुनै ब्यक्तिको घर वा शौचालयको दुर्गन्धित पानी उक्त तलाउमा प्रवेश गरेको अवस्था नभएको स्पष्ट पारेको छ ।

तलाउमा घर वा शौचालयको ढल सिधै मिसाइएको भन्ने समाचार सार्वजनिक भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गुठीले तत्पश्चात प्राविधिक समेतको सहयोगमा स्थलगत अवलोकन गर्दा हाल उक्त तलाउ सुख्खा अवस्थामा रहेकोमा तलाउको किनारको भित्री भागबाट तलाउको पानीको भागलाई अक्सिज सुचारु गर्न राखिएको प्वालहरुबाट माटोको लेदो बाहिर बगिरहेको देखिएको उल्लेख गरेको छ ।

सचिव अधिकारीले विज्ञप्तीमा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जीर्ण अवस्थामा रहेको तलाउ बीचको जुंगे महादेवको मन्दिर र उक्त मन्दिर जाने पुलको नयाँ निर्माण कार्य भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्