फुट्यो बाबुराम भट्टराईको 'नेसपा', महेन्द्र यादव समूहले माओवादीसँग एकता गर्ने

शनिबार, चैत ३, २०८०
Honor 600 pro

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बनाएको नेपाल समाजवादी पार्टी (नेसपा) दुई चिरा भएर फुटेको छ ।

नेसपा पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले नेसपा पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ। पार्टी एकतामा अध्यक्ष बाबुराम भट्टराई पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा थिए।

भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले  माओवादी केन्द्रसँग एकताको  सहमति गरेका हुन् ।

सहमति बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ, नेसपाबाट अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी रहेका थिए।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्