गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसको नारावाजी, संसद बैठक स्थगित

शुक्रबार, चैत २, २०८०
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसद बैठकमा नारावाजी गरेपछि आजको संसद बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दलसमेत रहेको  कांग्रेसले आजको दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई अनुमति दिएपछि कांग्रेस सांसद्हरु नाराबाजीमा उत्रेका थिए ।

केही बेरको नाराबाजी पछि सभामुखले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै बैठक स्थगन गरेका हुन् । अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्ने सभामुखले जानकारी दिए ।

कांग्रेसले अनुसन्धानको दायरामा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रति आपत्ति जनाउदै आएको छ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्