राष्ट्रपतिले गरे गण्डकी,सुदूरपश्चिम र मधेश प्रदेश प्रमुखलाई पदमुक्त

बुधबार, फागुन ३०, २०८०
honor mob  winter sales

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

Honor x7 pad

नयाँ गठबन्धनको सरकारको सिफारिसमा राष्ट्रपतिले आज गण्डकी , मधेश र सुदूूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।

गण्डकीका प्रमुख पृथ्वीमान गुरुङ , मधेश प्रमुख हरिशंकर मिश्र र सुदूूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी पदमुक्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। 

उनीहरु तीनै जनालाई राष्ट्रपति पौडेलले फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णय अनुसार राष्ट्रपतिले धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम पदमुक्त गरेका हुन् ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्