राजीनामा दिने तयारीमा राष्ट्रिय सभा उपाध्यक्ष अर्याल

बुधबार, फागुन ३०, २०८०
honor mob  winter sales

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिने तयारी गरेकी छिन् । नयाँ सत्ता गठबन्धनका ५ दलको सहमति अनुसार नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय सभाको उपाध्यक्ष दिने भएपछि अर्यालले राजीनामा दिदछिन।

Honor x7 pad

गठबन्धन दलहरुको सहमति अनुसार माओवादीबाट  नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्ष अर्कै पार्टीमा हुनुपर्ने सहमति अनुसार उपाध्यक्ष अर्यालले राजीनामा दिन लागेको माओवादी निकट श्रोतले बतायो।

यसबारेमा आज बिहान उपाध्यक्ष अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेपछि प्रचण्डले अध्यक्ष माओवादीबाट हुँदा उपाध्यक्ष अर्कै पार्टीबाट हुनुपर्ने स्मरण गराएपछि उपाध्यक्ष अर्यालले राजीनामा दिने तयारी सुरु गरेकी हुन् ।

शुक्रबारसम्म उपाध्यक्ष अर्यालले राजीनामा दिईसक्ने बताइएको छ। उनको राजीनामा पछि उपाध्यक्षको निर्वाचन हुनेछ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्