दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोस्, नत्र फेरि अल्पमतको सरकार बन्ला: ओली

मंगलबार, फागुन २९, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार दिल खोलेर विश्वास मत दिन पार्टीका सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

Honor x7 pad

आज बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले पुरानो गठबन्धन फेरेर नयाँ समीकरण बनाएर समाजवादको पक्षमा निर्णय लिएको भन्दै अव यो सरकारलाई जोगाएर अघि बढ्नुको विकल्प नभएको बताए ।प्रधानमन्त्रीले  अहिले राम्रो काम गरेको बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’

ओलीले भने-' बुधबार प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जानेछ।" बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ’ उनले भने, ‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’ अध्यक्ष ओली भने।

भोलि सबै सांसदहरु उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुनेछ भन्ने आशा छ र यो नै निर्देशन हो भन्ने कुरा सबैले बुझ्नुहोला भन्दै ओली बाहिरिएका थिए।

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्