राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दाबी (यस्तो छ सहमति)

मंगलबार, फागुन २९, २०८०
Honor 600 pro

काठमाडौं । नयाँ सत्ता गठबन्धनमा सामेल भएको   नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ ।

नेकपा एसले उपाध्यक्षमा दाबी गरेपछि यसअघि राष्ट्रियसभाको उपाध्यक्ष नेकपा एमालेले लिने भनिएको भएपनि अब उपाध्यक्षमा एसले दाबी गरेको हो।

नेकपा एसले उपाध्यक्षमा दाबी गरेपछि सत्ता गठबन्धन दलहरुले नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरेका छन् ।

आज नेकपा एसलाई समेटेर ५ दलबीच गरिएको लिखित सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई मात्रै समर्थन गर्ने उल्लेख गरिएको छ ।

यसअघि एमालेका उम्मेदवारलाई उपाध्यक्षमा समर्थन गर्ने उल्लेख गरिएको थियो। एसले उपाध्यक्षमा दाबी गरेपनि सहमतिपत्रमा उपाध्यक्षको लागि केही उल्लेख गरिएको छैन ।

यस्तो छ सहमतिपत्र-

 

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्