प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई रास्वपाको ह्विप

मंगलबार, फागुन २९, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले"आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

Honor x7 pad

रास्वपाको आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै आफ्ना पार्टीका सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको  प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए।

बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको  र त्यहीअनुसार सबै सासंदलाई संसदमा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन जारी भइसकेको प्रवक्ता ढकालले बतए। 

रास्वपा नयाँ सत्ता गठबन्धनमा सामेल भएर उपप्रधान तथा गृहसहित ४ मन्त्रालय लिएको छ। प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्