कृष्ण सिटौलाले प्रधानमन्त्रीलाई भने- तपाईंले दिएको धोका यहीं अन्त्य भएको नठान्नुहोला

आइतबार, फागुन २७, २०८०
Honor 600 pro

काठमाडौँ ।  नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिममा आएर आफुलाई धोका दिएको बताएका छन् ।

आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका सिटौलाले धोकाधडीको राजनीति यही टुंगिन्छ भन्ने नठान्नुहोला भन्दै बाहिरिका थिए।

प्रधानमन्त्रीलाई भेट्दै सिटौलाले भने-"  हामी आज तपाईंलाई प्रधानमन्त्रीको रूपमा भेट्न आएका होइनौ । विगतको गठबन्धनमा गरेको एउटा दलको अध्यक्षसँग भेट्न आएका हौँ। ‘नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो । व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो ।’ 

कांग्रेसको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाले प्रधानमन्त्रीप्रति निकै  गुनासो गरेका थिए। 'राष्ट्रिय सभाको अध्यक्ष तपाइँ बन्नुपर्दछ भनी सबभन्दा पहिले तपाईंले भन्नुभएको हो’, सिटौलाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी कांग्रेसका एक नेताले भने, ‘तपाईंले राष्ट्रिय सभा अध्यक्ष हुँदैन भनेको भए म राष्ट्रिय सभाको सदस्य मात्रै हुने गरी उठ्ने थिइनँ ।’

आज विहान कांग्रेस महामन्त्री गगन थापा , सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायतका नेता  प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका थिए।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्