'कांग्रेस अब सरकार बनाउने धन्दामा लाग्दैन, सशक्त प्रतिपक्ष भएर बस्छ': महामन्त्री शर्मा

शनिबार, फागुन २६, २०८०
honor २२ sept

काठमाडौं । अब नेपाली कांग्रेसले सरकार बनाउने धन्दामा नलाग्ने महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले अब कांग्रेस घर घरमा गएर नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताए।

X7D

महामन्त्री शर्माले अब कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताउँदै नयाँ सरकारलाई काम गर्न दिने बताए। अब कांग्रेस आम जनताहरुका मुद्दा बोकेर संसदमा सशक्त प्रतिपक्षको भुमिकाबाट कडा रुपले प्रस्तुत हुने बताए।

कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको कार्य चित्त नबुझेपछि मन्त्री फेर्नुको सट्टा नयाँ गठबन्धन बनाएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य गलत हो तर अब उहाँको नयाँ गठबन्धनले राम्रो काम गरोस् भन्ने कांग्रेसको चाहना रहेको महामन्त्री शर्माले बताए।

'मन्त्रीको कामको एक वर्ष नपुगी मुल्यांकन आफैं गर्नु दुखद भएको बताउँदै हतार हतार नयाँ गठबन्धन गरेर नयाँ सरकार बनाएका प्रधानमन्त्रीले धोका दिएका सबै दल एक भए भने प्रधानमन्त्रीको के हालत होला',शर्माले भने।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्