प्रमुख प्रशासकीय अधिकृत बस्ने गाउँपालिकाको सरकारी क्वार्टरमा आगजनी

शुक्रबार, फागुन २५, २०८०
honor mob  winter sales

दार्चुला । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्ने सरकारी क्वार्टरमा आक्रमणको प्रयाससहित   आगजनी भएको छ।

Honor x7 pad

दार्चुलास्थित मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी क्वार्टरमा गएराति आक्रमण गर्ने उदेश्यका साथ ढुंगामुढा र आगजनी भएको दार्चुला प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार करिब पौने २ बजे वडा नम्बर २ स्थित सरकारी क्वार्टरमा  प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको अवस्थामा कोठामा ढुंगा प्रहार गर्दै आगजनी भएको हो।  आक्रमण गर्ने उदेश्यले अज्ञात समूहले ढुंगामुढा प्रहार  गर्दा झ्यालका सिसाहरू फुटेका र त्यहा रहेका ल्यापटप लगायतमा सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

अज्ञात समूहले गरेको आगजनी केहीबेरमै नियन्त्रणमा आएको जिल्ला प्रहरी दार्चुलाले जनाउँदै आगजनी कसले गर्यो भन्ने बारेमा अझै केही तथ्य नखुलेको जनाएको छ।

प्रहरीले आक्रमण र आगजनी गर्ने अज्ञात समूहको खोजीकार्य जारी राखेको बताउँदै घटनाबारे अनुसन्धान सुरु गरेको छ।   

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्