रेशम चौधरीले पाएनन् नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता

बिहीबार, फागुन २४, २०८०
honor mob  winter sales

काठमाडौं । रेशमलाल चौधरीलाई निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष मान्न अस्विकार गरेको छ। आयोग आज नाउपाको अध्यक्षमा  रेशम चौधरीको नाम अद्यावधिक गर्न  अस्विकार गरेको हो।

Honor x7 pad

गत २७ पुसमा चौधरीलाई कैलालीमा भएको महाधिवेशनले सर्वसम्मत नाउपाको अध्यक्ष चयन गरेको थियो । अध्यक्ष चयन भएपछि नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दर्ता गराएको थियो।

आज आयोगले नाउपाले दिएको निवेदनमाथि निर्णय दिँदै चौधरीलाई अध्यक्ष मान्न अस्वीकार गरेको हो।  राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने आयोगले  निर्णय भएको छ । रञ्जिता श्रेष्ठ चौधरी नै आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रहेकी छन् ।

चौधरीले निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेका थिए ।  त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको उल्लेख थियो । उजुरी परेपछि आयोगले नाउपा र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो ।

चौधरीले आयोगमा उक्त विषयमा जवाफ पठाएपछि आज दलको अभिलेख अद्यावधिक गर्न नसक्ने निर्णय गरेको प्रवक्ता शालिकराम पौडेलले जानकारी बताए।

चौधरीले २०६२ भदौ ७ मा टीकापुरमा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका उनी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए । उनी रिहा भएपछि चौतर्फी आलोचनासमेत भएको थियो।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्