प्रतिनिधि सभाको बैठक आज बस्दै

बिहीबार, फागुन २४, २०८०
Honor 600 pro

काठमाडौं । नयाँ गठबन्धन बनेसँगै स्थगित भएको प्रतिनिधि सभा बैठक आज बस्दैछ।बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। बैठकमाअ यसका महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने भएका छन्।

नयाँ गठबन्धन बनेपछि संसदको कार्यसूची पनि प्रभावित भएको छ । २१ गतेकै बैठकमा आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने तयारी गरिए पनि पछि सरेको हो।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्