नवनियुक्त मन्त्रीहरुको शपथ आज साँझ ५ बजे

बुधबार, फागुन २३, २०८०
honor mob  winter sales

काठमाडौं । नयाँ गठबन्धनका नवनियुक्त  मन्त्रीहरुले आज साँझ ५ बजे शपथ लिने तय भएको छ। राष्ट्रपति भवन शितल निवासमा आज  शपथ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Honor x7 pad

आज नियुक्त भएका मन्त्रीहरु मध्ये नेकपा एमालेको नेतृत्व गरेर रघुवीर महासेठले उपप्रधान तथा भौतिक मन्त्री बनेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन् ।

त्यस्तै नेकपा एमालेबाट महासेठसहित ८,  माओवादी केन्द्रबाट श्रेष्ठसहित ५ र रास्वपाबाट लामिछानेसहित ४ जना आज मन्त्री बनेका छन् ।

सोमबार पहिलो चरणको मन्त्रिमण्डल बिस्तारमा एमालेका पदम गिरी, माओवादीका हितमान तामाङ र रास्वपाका डीपी अर्यालले शपथ लिइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्