एमाले, माओवादी र रास्वपाले पाए उपप्रधानमन्त्री, को-को बने मन्त्री ?

बुधबार, फागुन २३, २०८०
honor mob  winter sales

काठमाडौं । नयाँ सत्ता गठबन्धनले सरकारमा सहभागी हुने ठुला दलबाट तीन जना उपप्रधानमन्त्री बन्ने सहमतिसँगै मन्त्रालयको भागबन्डाको टुंगो लगाएको छ।

Honor x7 pad

आज  दिउँसो बालुवाटारमा बसेको बैठकबाट नेकपा एमालेबाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सरकारमा एमालेले ८ मन्त्रालय पाउने छ । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन्। अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री , माओवादीबाटै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन्। माओवादीबाट रेखा शर्मा सन्चार मन्त्री, शक्ति बस्नेत उर्जा र हितमान तामाङ पर्यटन मन्त्री बनेका छन् ।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले  उपप्रधान तथा गृहसहित ४ मन्त्रालयले पाएको छ। रास्वपाबाट शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन्।रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्।

यस्तै सोमबार नै एमालेका  गिरी, माओवादीका तामाङ र रास्वपाबाट अर्याल मन्त्री नियुक्त भइसकेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्