देउवाले नेपाललाई भने- 'हाम्रो पुरानै सहकार्य जारी राखौं '

बुधबार, फागुन २३, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सहकार्य गरेर अघि बढ्न प्रस्ताव  राखेका छन्।

Honor x7 pad

आज बिहान अध्यक्ष नेपालकै निवास कोटेश्वरमा भेट्न पुगेका देउवाले सो प्रस्ताव राखेको नेकपा एसका एक नेताले बताए। 

'सभापति देउवाले कांग्रेस र नेकपा एसको सहकार्यलाई निरन्तरता दिएर जाऔं भन्ने कुरा गर्नुभएको छ,’ उनले भने ', ‘अध्यक्षज्यूले यो कुरा सचिवालयको बैठकमा राख्छु भन्नुभयो।’

सोमबार पुरानो सत्ता गठबन्धन भत्किएर नेकपा माओवादीले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएपछि बनेको नयाँ  पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न आरजु देउवा र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका थिए।

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्