कर्णालीमा कांग्रेसका सबै मन्त्रीले राजीनामा दिंदै 

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

सुर्खेत । केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनाले आज राजीनामा दिदैछन।

Honor x7 pad

आज कांग्रेसबाट सरकारमा गएका अर्थ मन्त्री  बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी रहेको छ।

गत बैशाखमा कांग्रेसबाट मन्त्री बनेका उनीहरुले केन्द्रमा सत्ता बदलिएपछि सरकारमा बसिरहनु कुनै अर्थ नहुने भन्दै राजीनामा बुझाउन लागेका हुन।राजीनामापछि उनीहरुको पत्रकार सम्मेलन गर्ने तयारी समेत रहेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्