गृह मन्त्रालयमा रास्वपाको दाबी कायमै, एमाले तनावमा

मंगलबार, फागुन २२, २०८०
honor mob  winter sales

काठमाडौं ।नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर बनेको नयाँ गठबन्धनमा मन्त्रालयको विवाद उत्पन्न भएको छ।नयाँ गठबन्धन दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले गृह मन्त्रालयसहित ४ मन्त्रालय मागेपछि नेकपा एमाले र माओवादी केन्द्र अन्योलमा परेका छन् । रास्वपाले गृह मन्त्रालयलाई बटमलाइन बनाएर ४ मन्त्रालयमा दाबी रहने बताएको छ।

Honor x7 pad

रास्वपाले गृह मन्त्रालय लिएरै छोडने बताएपछि नयाँ गठबन्धन दल तनाबमा परेका छन् ।रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भने-' एमालेको गृहमा दाबी भएपनि हाम्रो पार्टीले कुनै हालतमा गृह मन्त्रालय छोड्दैन'।

यत्रो मूल्य चुकाएर सरकारमा जानलाई गृह आफ्नो दाबी कायमै रहेको रास्वपाले जनाएपछि नयाँ गठबन्धन दल एमालेलाई निल्नु र ओकल्नु भएको छ।  यता एमालेले कुनै हालतमा गृह मन्त्रालय आफ्नो पार्टीले लिने बताएको। गठबन्धनको सबैभन्दा ठुलो दल एमाले नै गृह मन्त्रालय पाउनुपर्ने एमाले नेताहरु बताउँछन् ।

नयाँ गठबन्धन दलको फेरि आज दिउँसो मन्त्रालय भागबण्डा मिलाउन बैठक बस्दैछ। सोमबार एमालेका पदम गिरी, माओवादीका हितमान तामाङ र रास्वपाका डीपी अर्याल मन्त्री नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्