भागबण्डाको टुंगो लगाउन गठबन्धनको बैठक पुन:सुरु, ओली,रवि र उपेन्द्र बालुवाटारमा

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौँ । नयाँ गठबन्धनको मन्त्रालयको भागबन्डा मिलाउन पुनः दोस्रो  बैठक सुरु भएको छ। भागबन्डा मिलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका हुन् ।

Honor x7 pad

आज बिहान बसेको गठबन्धनको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि अझै भागबन्डा नटुङ्गिएकोले पुनः बैठक बसेको हो। बैठकमा मन्त्रालय भागबण्डाको लिखित सहमतिको हस्ताक्षर गर्ने तयारी रहेको बताइएको  छ। 

अब बन्ने नयाँ सरकारमा आज  एमाले, माओवादी केन्द्र, रास्वपाबाट एक-एक जनाले मन्त्रीको  सपथ खानेछन।  जसपा आजै सरकारमा जाने निश्चित भएको छैन ।  नयाँ गठबन्धन सरकारको गृह मन्त्रालयले एमाले र रास्वपाले दाबी गरेकाले भागबण्डामा केही समस्या आएको बताइएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्